सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसको वडा अधिवेशन कति दिन पर सर्दैछ ? यस्तो छ तयारी

कांग्रेसको वडा अधिवेशन कति दिन पर सर्दैछ ? यस्तो छ तयारी

  • मिडिया डबली
  • मंगलवार, श्रावण ५ २०७८

  • 10.7K
    SHARES

  • कांग्रेसको वडा अधिवेशन कति दिन पर सर्दैछ ? यस्तो छ तयारी

    काठमाडौं – नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद समाधान गर्न ढिलाइ हुँदा वडा अधिवेशन सार्ने तयारी भएको छ ।

    केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिमा परेका ५ हजार उजुरीबारेको छानबिन प्रतिवेदन केन्द्रीय कार्यसमिति र सभापति शेरबहादुर देउवालाई पेश गर्न ढिलाइ भएको र बारा तथा सप्तरीलगायत जिल्लामा नयाँ क्रियाशील हालका लागि स्थगित गरिएपछि वडा अधिवेशन सर्ने भएको हो ।

    कांग्रेस केन्द्रीय कार्यसमितिबाट पारित महाधिवेशन कार्यतालिकाअनुसार साउन १२ गते देशैभरका वडा अधिवेशन हुने तय भएको छ । तर हालसम्म क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक हुन सकेको छैन । बाँकी काम पूरा गरेर वडा अधिवेशन गर्न लगभग १० दिनसम्म पर सार्ने तयारी रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    छानबिन समितिले केन्द्रीय कार्यसमिति र सभापति देउवालाई क्रियाशीलको सूची बुझाएर अध्ययनपछि सभापति देउवाले केन्द्रीय निर्वाचन समितिलाई नामावली बुझाउने व्यवस्था रहेको छ । त्यसपछि केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यको सूची खामबन्दी गरेर जिल्ला हुँदै वडासम्म पठाउने छ । यसरी क्रियाशीलको सूची वडासम्म पुगेपछि आवश्यक तयारी गरेर अधिवेशन गर्न सकिन्छ ।

    विवाद देखिएका जिल्लाका विवरण छानबिन समितिले केन्द्रीय समितिमै फर्काइदिएको छ । ती विवरण के गर्ने भन्नेबारे पदाधिकारी वा केन्द्रीय समितिबाट निर्णय गर्नुपर्ने देखिएको छ । विवाद भएका ठाउँमा १३औं महाधिवेशनकै क्रियाशीलबाट अधिवेशन गर्ने विकल्पबारे समेत कांग्रेसमा छलफल जारी छ ।

    छानबिन समितिका सदस्य प्रदीप पौडेलले करीब १२५ वडामा क्रियाशीलबारे विवाद टुंगिन बाँकी रहेको जानकारी दिए । समितिले छानबिन गरी टुंग्याएका क्रियाशील सदस्यको विवरण छिट्टै सभापति देउवालाई बुझाइने पौडेलले बताए ।

    कांग्रेसमा ९ लाखभन्दा बढी क्रियाशील सदस्य रहेका छन् । कांग्रेसले भदौ १६–१९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend