काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आज जोनसन एन्ड जोनसन खोप अभियानको उदघाटन गरेका छन् । काठमाडौंको अर्थोपेडिक अस्पताल जोरपाटीबाट खोप अभियानको सुरु गरेका हुन् ।
प्रधानमन्त्रीले खोप अभियानको उदघाटन गरेलगत्तै काठमाडौं उपत्यकाका विभिन्न खोपकेन्द्रको अनुगमन पनि गरेका छन् ।
सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई कोभिडविरुद्धको खोप भएको बताउँदै उनले सहज ढंगले खोपको प्रबन्ध गर्न निर्देशनसमेत दिएका छन् ।
प्रधानमन्त्री देउवाले सोमबार बिहान अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा सञ्चालन गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले सञ्चालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेका हुन् । उनले त्यस क्रममा खोप केन्द्रलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकले कसरी खोप लगाइरहेका छन्, त्यसको फिल्डमै पुगेर अवलोकन गरेका छन् । देउवाको यो कार्यशैलीको सबैले प्रशंसा गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।