काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा अधिवक्ता तेजबहादुर रावलले नियुक्ति पाएका छन् ।
महान्यायाधिवक्ता नियुक्त भएका खम्मबहादुर खातीले राजीनामा दिएपछि रिक्त रहेको निर्वाचन समिति सदस्य पदमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रावललाई नियुक्त गरेका हुन् ।
सभापति देउवाले पार्टीको विधान (संशोधन सहित) को धारा २५(९) बमोजिम रावललाई सदस्यमा मनोनयन गरेका छन् ।
देउवाले कांग्रेसको विधान र नियमावली बमोजिम कार्य गर्न/गराउन रावललाई निर्देशन समेत दिएका छन् ।
कञ्चनपुर घर भएका रावल काठमाडौंमा बस्दै आएका छन् । कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।