सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेस पदाधिकारी बैठकले गर्‍यो कारवाहीको निर्णय

कांग्रेस पदाधिकारी बैठकले गर्‍यो कारवाहीको निर्णय

  • मिडिया डबली
  • शनिवार, श्रावण २ २०७८

  • 4.4K
    SHARES

  • कांग्रेस पदाधिकारी बैठकले गर्‍यो कारवाहीको निर्णय

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्ने निर्णय गरेको छ ।

    शनिवार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकले पार्टीको आसन्न १४औं महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिनका लागि गठित समिति सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोकको १ नम्बर क्षेत्रका सभापति बालकृष्ण बस्नेत र संलग्न अन्य कार्यकर्तालाई कारवाही गर्न पार्टी अनुशासन समितिलाई निर्देशन दिएको छ ।

    बैठकले आक्रमणमा संलग्न नेता, कार्यकर्ताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण लिई ३ दिनभित्र कारवाही गर्न सभापति देउवाले अनुशासन समितिलाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

    बस्नेत नेतृत्वको टोलीले शुक्रवार बिहान पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेको घटना बाहिर आएको थियो ।

    घटना पार्टीको अनुशासनविपरीत रहेको निष्कर्ष निकाल्दै कांग्रेसले कारवाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ ।

    ‘आजको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेर ल्याएको पत्र बमोजिम नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाको १ नम्बर क्षेत्रका सभापति बालकृष्ण बस्नेत एवं सो आक्रमणको घटनामा संलग्न भएका व्यक्तिहरूउपर २४ घण्टाभित्र स्पष्टीकरण सोधेर ३ दिनभित्र संगठनको अनुशासनको कारबाही गर्नका लागि पार्टी सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिनुभएको छ ।’

    क्रियाशील सदस्यता छानविन समितिलाई सहयोग गर्न समेत बैठकले पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेको छ । विधिसम्मत प्रक्रियालाई आत्मसात गर्दै क्रियाशील सदस्यता छानविन समितिले काम गरिरहेको र त्यसलाई सहयोग गर्न पनि पार्टी पंक्तिलाई आह्वान गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।

    बैठकले महाधिवेशनको क्रममा कुनै पनि खालको अराजक गतिविधि नगर्न समेत पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको छ । कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६–१९ गतेका लागि यसअघि नै तोकिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend