सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

प्रधानमन्त्री देउवाको कडा निर्देशनपछि स्वास्थ्य मन्त्रालयबाट यस्तो विज्ञप्ति जारी

प्रधानमन्त्री देउवाको कडा निर्देशनपछि स्वास्थ्य मन्त्रालयबाट यस्तो विज्ञप्ति जारी

  • मिडिया डबली
  • शनिवार, श्रावण २ २०७८

  • 6.2K
    SHARES

  • प्रधानमन्त्री देउवाको कडा निर्देशनपछि स्वास्थ्य मन्त्रालयबाट यस्तो विज्ञप्ति जारी

    काठमाडौं – कोरोना भाइरस विरुद्धको खोप लगाउने क्रममा भइरहेको गडबडी सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई कडा निर्देशन दिएपछि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

    खोप केन्द्रमा भीडभाड हुने र कतिपय लक्षित समूहका व्यक्ति नै खोप नलगाई फर्किनुपरेका गुनासो सम्बन्धमा देउवालाई सरकारी अधिकारीसँग चासो राखेका थिए ।

    स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै खोप केन्द्रको सूक्ष्म व्यवस्थापन सम्बन्धमा प्रदेश सरकार मातहतको जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय पालिका, कर्मचारी र जनप्रतिनिधिलाई सजग भइदिन अनुरोध गरेको छ ।

    मन्त्रालयले आफ्नो पालो अनुसार परिचय खुल्ने परिचयपत्रसहित खोप केन्द्रमा जान र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन समेत आग्रह गरेको छ ।

    पढ्नुहोस् प्रेस विज्ञप्ति –

    hm.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend