सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

बालुवाटारमा बस्यो कांग्रेस पदाधिकारीको आकस्मिक बैठक, महाधिवेशन कार्यतालिका हेरफेर हुँदैछ ?

बालुवाटारमा बस्यो कांग्रेस पदाधिकारीको आकस्मिक बैठक, महाधिवेशन कार्यतालिका हेरफेर हुँदैछ ?

  • मिडिया डबली
  • शनिवार, श्रावण २ २०७८

  • 5.7K
    SHARES

  • बालुवाटारमा बस्यो कांग्रेस पदाधिकारीको आकस्मिक बैठक, महाधिवेशन कार्यतालिका हेरफेर हुँदैछ ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका पदाधिकारीको आकस्मिक बैठक बालुवाटारमा बसेको छ ।

    पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा जारी बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल भइरहेको छ ।

    क्रियाशील सदस्यता र तल्लो तहको अधिवेशनका सन्दर्भमा छलफल गर्न सभापति देउवाले बैठक डाकेका हुन् ।

    यसै साउन १२ गतेदेखि सुरू हुने तल्ला तहका अधिवेशन सार्ने निर्णय पदाधिकारी बैठकले हुने स्रोतले जनाएको छ । अधिवेशन सार्ने निर्णयलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदन गरेसँगै महाधिवेशन कार्यतालिका हेरफेर हुनेछ ।

    केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुने गरी तल्लो तहको अधिवेशन बढीमा १ हप्ता पर सार्ने तयारी रहेको स्रोतले जनाएको छ । तल्लो तहको अधिवेशन सार्ने विषयमा शुक्रवारको शीर्ष नेताको बैठकमा समेत सहमति भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend