काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दलको बैठक बोलाएको छ ।
भोलि आईतवार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा दलको बैठक बोलाइएको कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् ।
कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलोपटक कांग्रेस संसदीय दलको बैठक बस्न लागेको छ ।
भोलि आईतबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको भुसालले बताइन् ।
बैठकमा विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा समेत छलफल हुने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।