सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कोरोना खोप लगाउँदा लामो लाइन हट्ने गरी केन्द्र थप्न प्रधानमन्त्री देउवाको निर्देशन

कोरोना खोप लगाउँदा लामो लाइन हट्ने गरी केन्द्र थप्न प्रधानमन्त्री देउवाको निर्देशन

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १ २०७८

  • 6.2K
    SHARES

  • कोरोना खोप लगाउँदा लामो लाइन हट्ने गरी केन्द्र थप्न प्रधानमन्त्री देउवाको निर्देशन

    काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस विरुद्धको खोप लगाउँदा लामो लाइन देखिएकाले खोप केन्द्र वृद्धि गरेर सेवा दिने व्यवस्था मिलाउन कर्मचारीलाई निर्देश गरेका छन् ।

    खोप केन्द्रहरु कम हुँदा भीडभाड बढेको गुनासोपछि प्रधानमन्त्री देउवाले आज शुक्रबार सरकारका मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बालुवाटारमा बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिए ।

    प्रधानमन्त्री देउवाले ट्विटमा लेखेका छन्, ‘ खोप केन्द्रमा लामो लाइन देखिएकाले आवश्यकता अनुसार खोप केन्द्रहरू बढाएर स्वास्थ्य मापदण्डको पूर्णपालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु ।’

    स्वास्थ्य मापदण्डको पूर्णपालना गर्दै कोरोना विरुद्धको खोप लगाउन समेत प्रधानमन्त्री देउवाको आग्रह रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend