काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारीनिवास बालुवाटार सर्ने साइत जुरेको छ ।
ज्योतिष विज्ञानअनुसार हेरविचार गरेर शुभकार्य गर्दै आएका देउवा आज शुक्रबार बिहान ९ः५७ बजे बालुवाटार सर्न भएका छन् ।
गत मंगलवार प्रधानमन्त्री पदमा नियुक्त भएका देउवा निजी निवास बुढानिलकण्ठमा बस्दै आएका थिए । बालुवाटार सर्न बुढानिलकण्ठमा आवश्यक तयारी भइरहेको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बालुवाटार खाली गरेका थिए । ओली निजी निवास बालकोट सरेका छन् ।
सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट देउवा नियुक्त भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।