काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पाँचौं कार्यकालको प्रमुख वाचा सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत सार्वजनिक गरिएको प्रमुख वाचामा जनस्वास्थ्यलाई समेटिएको छ ।
तस्वीरमार्फत सार्वजनिक वाचामा लेखिएको छ, ‘हरेक नेपालीले निःशुल्क रूपमा कोरोनाको खोप पाउनुहुनेछ । म कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा कुनै पनि असर बाँकी राख्दिनँ । हरेक नेपालीको स्वास्थ्य अब सरकारको चासो हुन्छ ।’
प्रधानमन्त्री देउवाको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले आगामी चैतभित्र सबै नेपालीलाई निःशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।