सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कोरोनाविरुद्ध लड्न सीसीएमसीलाई प्रधानमन्त्री देउवाको यस्तो निर्देशन

कोरोनाविरुद्ध लड्न सीसीएमसीलाई प्रधानमन्त्री देउवाको यस्तो निर्देशन

  • मिडिया डबली
  • बुधवार, आषाढ ३० २०७८

  • 7.5K
    SHARES

  • कोरोनाविरुद्ध लड्न सीसीएमसीलाई प्रधानमन्त्री देउवाको यस्तो निर्देशन

    काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री बनेपछि पहिलोपटक बुधबार सीसीएमसीसँग छलफल गर्दै प्रधानमन्त्री देउवाले हालसम्म भएका कामकारवाहीबारे जानकारी लिएका छन् ।

    देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन सीसीएमसीलाई निर्देशन दिएका छन् ।

    बैठकपछि देउवाले ट्विटरमार्फत जानकारी दिँदै लेखेका छन्, ‘आज कोभिड–१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका कामकारवाहीका विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएको छु । कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु ।’

    बैठकमा देउवाले खोप खरिद प्रक्रियाबारे समेत चासो राखेका जनाइएको छ । देउवा सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले सबै नेपालीलाई आगामी चैतभित्रै कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend