काठमाडौं – पार्टी महाधिवेशन र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक डाकेका छन् ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बिहीबार दिउँसो २ बजे बस्ने गरी बैठक डाकेका हुन् ।
बैठकमा पूर्व पदाधिकारीलाई समेत निमन्त्रणा गरिएको छ । कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका अनुसार बिहीवारसम्म क्रियाशील सदस्यको सूची टुंगो लाग्नुपर्ने तय भएको थियो ।
छानबिन समितिले काम नसकेका कारण थप केही दिन समय दिनेबारे बैठकमा छलफल हुने भएको छ ।
सभापति देउवाले सरकारमा सहभागी हुने मन्त्री छनोटका विषयमा समेत बैठकमा छलफल गर्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।