काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कोमलविक्रम शाहको भाग्य खुलेको छ ।
प्रहरीले प्रधानमन्त्री देउवाको प्रमुख व्यक्तिगत सुरक्षा अधिकृतमा डीएसपी कोमलविक्रम शाहलाई काजमा खटाएको छ ।
प्रहरी प्रधान कार्यालयले शाहलाई प्रधानमन्त्री देउवाको पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) बनाएर काज सरुवा गरेको छ । यसअघि शाह काठमाडौंको नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत रहेका थिए ।
डीएसपी शाहले यसअघि देउवा २०७४ सालमा चौथो पटक प्रधानमन्त्री हुँदा समेत प्रमुख सुरक्षा अधिकृतको रूपमा काम गरेका थिए ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गतेको फैसला बमोजिम मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।