काठमाडौं – सर्वाेच्च अदालतले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेपछि अब नयाँ बन्ने मन्त्रीको चर्चा सुरु भएको छ ।
राष्ट्रपति कार्यालयमा आज मंगलबार सभापति देउवाले प्रधानमन्त्रीमा शपथ खाएसँगै कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना मन्त्री नियुक्त हुने चर्चा छ ।
कांग्रेसबाट नयाँ मन्त्री बनाउनेबारे सभापति देउवाले पार्टीमा छलफल गरिरहेका छन् ।
नेपाली कांग्रेसबाट कसलाई मन्त्री बनाउने भन्नेबारे शीर्ष नेताहरूको बैठक राखेर टुंगो लगाउने तयारी भइरहेको छ । कांग्रेसबाट नेता डा. मिनेन्द्र रिजाल र बालकृष्ण खाँणको नाम चर्चामा रहेको छ ।
सोमवार सर्वोच्च अदालतले प्रतिनिधिसभा संसद विघटन खारेज गर्दै ६ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन तथा आज मंगलवार साँझ ५ बजेभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।