सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

भोलि नै सानो आकारको मन्त्रिमण्डल बनाउने विपक्षीको निर्णय, कसले के भने ?

भोलि नै सानो आकारको मन्त्रिमण्डल बनाउने विपक्षीको निर्णय, कसले के भने ?

  • मिडिया डबली
  • सोमवार, आषाढ २८ २०७८

  • 9.8K
    SHARES

  • भोलि नै सानो आकारको मन्त्रिमण्डल बनाउने विपक्षीको निर्णय, कसले के भने ?

    काठमाडौं – सर्वाेच्च अदालतबाट प्रधानमन्त्री नियुक्तिको प्रक्रियामा गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि मंगलबार नै सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन् ।

    सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सोमबार साँझ बसेको विपक्षी ५ दलको बैठकले भोलि नै सरकार बनाउने निर्णय गरेको हो ।

    बैठकका निर्णयबारे जानकारी दिँदै नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले भने, ‘सरकार निर्माण गर्ने कुरामा प्रारम्भमा सानो मन्त्रिमण्डल गठन गर्ने, दलहरूको बीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने, मिलेरै सरकार बनाउनुपर्ने र मिलेरै सरकार चलाउनुपर्ने अहिलेको सान्र्दभिकताका बारेमा छलफल भएको छ । सरकारमा जाने हकमा सानो आकारको मन्त्रिमण्डल बन्छ र भोलि बिहान फेरि पार्टीका शीर्ष नेताहरू बैठक बस्नुहुनेछ ।’

    बैठकले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्त्वपूर्ण फैसला भएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएको छ ।

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वस्थित निवासमा बसेको ५ दलीय विपक्षी गठबन्धनको बैठकले लोकतन्त्र, संविधान र संसदको रक्षा गर्ने सवालमा अदालतको फैसला ऐतिहासिक र महत्त्वपूर्ण भएको भन्दै स्वागत समेत गरेको छ ।

    फैसलाले संविधानको रक्षा गरेकाले अदालतको ऐतिहासिक निर्णय सबै नागरिकको विजय भएको निष्कर्ष पनि गठबन्धनले निकालेको छ ।  

    नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले बैठकमा संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको र यसमा सहयोग पुर्‍याउनेलाई धन्यवाद पनि दिएको बताए ।

    पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने र सबै दलहरू मिलेर अघि बढ्नेबारे छलफल भएको बताए ।

    ‘सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभाको पुनर्बहाली पनि गरेको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश पनि जारी गरेको छ । सर्वोच्च अदालतले ऐतिहासिक र महत्त्वपूर्ण फैसला गरेको छ । त्यसकारणले हामी पाँचै दलले सर्वोच्च अदालतलाई हार्दिक धन्यवाद पनि दिएका छौं । यो निर्णय स्वागतयोग्य छ । यसले संविधानको रक्षा, लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियता र नागरिकको हक अधिकारलाई पनि यसले सुदृढ गराउने काम गरेको छ । ट्रयाक बाहिर गएको लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रहार भएकोमा अहिले ट्रयाकमा आएको छ,’ उनले भने ।
     
    नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बैठकमा दलीय प्रणालीका आधारमा सहमति र सहकार्य गर्दै संविधानले मार्गचित्र गरे अनुसार अगाडि बढ्नेबारे छलफल भएको बताए । लोकतन्त्रको रक्षा, संविधानको रक्षा, गणतन्त्र र नागरिक अधिकारको रक्षाका लागि आएको फैसलाको स्वागत गर्दे सबैलाई आभार प्रकट गरिएको बताएका छन् ।

    सरकार गठन एकलौटी ढंगले नचलाई सबै राजनीतिक दलहरूसँग सल्लाह गरेर फराकिलो ढंगले सरकार बनाई एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा सबैले जोड दिएका उनले बताए ।

    नेता नेपाल पक्षका नेता रघुजी पन्तले सर्वोच्चको आदेशसँगै नयाँ परिस्थिति सिर्जना भएको भन्दै परिवर्तित अवस्था बुझ्न नेताहरूलाई आग्रह गरिएको जानकारी दिए । एकलौटी र एकपक्षीय ढंगले चल्ने कुराको सधैं विपक्षमा रहँदै आएको भन्दै सबैलाई समेटेर अगाडि बढ्न र एकलौटी ढंगले नचल्न आग्रह गरेको जानकारी दिए ।

    ‘एकलौटी ढंगले नचल्नुहोस् । हाम्रो पार्टी नेकपा एमाले लगायत सबै राजनीतिक दलहरूसँग सरसल्लाह गरेर, उनीहरूलाई पनि साथमा लिएर अलि फराकिलो ढंगले सरकार बनाउने प्रयत्न गर्नुहोस् । लोकतन्त्र, गणतन्त्र संविधान र संघीयताको रक्षाका लागि दलहरू एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता अहिले पनि छ,’ उनले भने, ‘गठबन्धनमा हाम्रो निरन्तरता नरहन सक्छ । पहिला पार्टीलाई एकतावद्ध बनाउँछौ र त्यसपछि सिंगो मुलुकको राजनीतिमा । गठबन्धनलाई पार्टीले अलपत्र पारेको छैन । हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुञ्जेलसम्मका लागि मात्रै हो । अब पार्टीले जे भन्छ त्यही गर्छाैं । सिंगो एमालेलाई एकताबद्ध बनाउने हाम्रो प्रयास हो ।’

    जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले सर्वोच्चले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई सही बाटोमा ल्याउने काम गरेको बताए । उनले देउवाको नेतृत्वमा सरकार बनाउन लागि पर्ने र गठबन्धनको सरकारलाई प्रभावकारी कसरी बनाउने भन्नेबारेमा पनि तयारी गरेर सहमति कायम गरेर अघि बढ्नेबारे गठबन्धनमा छलफल भएको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend