सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसभित्र देउवाविरुद्ध ठूलो मोर्चाबन्दी, महाधिवेशनमा कस्तो प्रभाव पर्ला ?

कांग्रेसभित्र देउवाविरुद्ध ठूलो मोर्चाबन्दी, महाधिवेशनमा कस्तो प्रभाव पर्ला ?

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २५ २०७८

  • 6.2K
    SHARES

  • कांग्रेसभित्र देउवाविरुद्ध ठूलो मोर्चाबन्दी, महाधिवेशनमा कस्तो प्रभाव पर्ला ?

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवाविरुद्ध ठूलो मोर्चाबन्दी भएको छ ।

    सभापति देउवाइतरका सभापतिका सबै आकांक्षीहरू शुक्रबार भेला भएर सामूहिक रणनीति बनाउन थालेका छन् ।

    काठमाडौंको बानेश्वरस्थित अनुपम फूडल्यान्डमा शुक्रबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापतिका आकांक्षीको भेला हुँदैछ ।

    भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, सुजाता कोइराला, डा. शेखर कोइराला, बलबहादुर केसीलगायत उपस्थित रहेका थिए ।

    नेता अर्जुननरसिंह केसीको पहलमा भेलाको आयोजना गरिएको छ । महाधिवेशन नजिकिँदै गर्दा संयुक्त रूपमा रणनीति बनाउन सभापतिका आकांक्षीको भेला राखिएको छ । नेता केसीले पौडेल पक्षबाट साझा उम्मेदवार बनाउन आग्रह गर्ने र साझा उम्मेदवार तय नभए आफूले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

    सभापति देउवा पक्षका उपसभापति बिमलेन्द्र निधिले समेत सभापति पदमा उम्मेदवारी दिने बताइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend