सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

महाधिवेशनमा सभापति देउवाको यस्तो प्यानल, को–को बन्दैछन् उम्मेदवार ?

महाधिवेशनमा सभापति देउवाको यस्तो प्यानल, को–को बन्दैछन् उम्मेदवार ?

  • मिडिया डबली
  • सोमवार, आषाढ २१ २०७८

  • 22.8K
    SHARES

  • महाधिवेशनमा सभापति देउवाको यस्तो प्यानल, को–को बन्दैछन् उम्मेदवार ?

    काठमाडौं – नेपालको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवाले प्यानल बनाउन हिसाबकिताब सुरु गरेका छन् ।

    आगामी भदौ महिनामा हुने गरी तोकिएको महाधिवेशनमा देउवाले सभापति पदमा लड्ने घोषणा गरिसकेका छन् ।

    देउवाले हिसाबकिताब गरेर आफू सभापतिमा जित्ने पक्का गर्न अरुलाई पदाधिकारीमा प्यानलभित्र समेट्ने भएका छन् । देउवाले यसपालि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेतालाई तानेर आफ्नो प्यानलमा उम्मेदवार नबनाउने मनस्थिति बनाएका निकट स्रोतले जनाएको छ । गत महाधिवेशनमा महामन्त्रीमा अर्जुननरसिंह केसीलाई उम्मेदवार बनाउँदा सफलता हात नलागेको घटनाबाट देउवाले शिक्षा लिने भएका छन् ।

    देउवाको प्यानलमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, प्रकाशशरण महत, एनपी साउँद, बालकृष्ण खाँण, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा, बीरबहादुर बलायर, मीनबहादुर विश्वकर्मा लगायतका नेताहरू पदाधिकारीका आकांक्षी देखिएका छन् । तर यी नेताहरूमध्ये धेरै महाधिवेशन प्रतिनिधि ल्याउन सक्नेहरूलाई देउवाले आफ्नो प्यानलमा पदाधिकारीमा मौका दिने छन् । महाधिवेशन प्रतिनिधि छनौट भइसकेपछि देउवाले हिसाबकिताब गरेर पदाधिकारीको टुंगो लगाउने छन् ।

    तत्कालीन फोरम लोकतान्त्रिकबाट पार्टी प्रवेश गर्दै उपसभापति बनेका विजय गच्छदारलाई फेरि उपसभापतिमै उम्मेदवार बनाइने देखिएको छ । गच्छदारसँगै कांग्रेस प्रवेश गरेकाहरूको ठूलो समूह रहेको र त्यो पक्षको सहयोगले सभापति जित्न सजिलो हुने देउवाको आकलन छ ।

    यसपालि महाधिवेशनमा २ जना उपभासपतिको चुनाव हुने भएकाले अर्काे उपसभापतिमा देउवाले पूर्णबहादुर खड्कालाई रोज्ने सम्भावना रहेको बताइन्छ । उपसभापतिका आकांक्षी गोपालमान श्रेष्ठलाई भने देउवाले महत्त्व नदिने स्रोतको दाबी रहेको छ ।

    महामन्त्री पदमा देउवा पक्षमा बालकृष्ण खाँण, एनपी सावद, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, विश्वप्रकाश शर्मा लगायत नेताहरू आकांक्षी रहेका छन् । यीमध्ये बालकृष्ण खाँण र प्रकाशशरण महतको पक्का तथा एनपी सावद मध्ये एक जना महामन्त्रीका उम्मेदवार बन्ने चर्चा छ । 

    युवापंक्ति लोकप्रिय मानिएका विश्वप्रकाश शर्माको प्रभावले सभापति पदमा समेत देउवालाई मत आउने सम्भावना रहेको अवस्थामा शर्मा समेत महामन्त्री उम्मेदवार बन्नसक्ने स्रोतले जनाएको छ । ज्ञानेन्द्रबहादुर कार्कीलाई पार्टीमा उम्मेदवार नबनाई सरकारमा महत्त्वपूर्ण मन्त्रालय दिएर व्यवस्थापन गरिने स्रोतको दाबी छ ।

    देउवा पक्षकै नेता तथा उपसभापति बिमलेन्द्र निधिले सभापतिमा लड्ने तयारी गरेपछि त्यसको क्षतिपूर्तिका लागि समेत देउवाले हिसाबकिताब गर्न थालेका छन् । पार्टी प्रवेश गरेका विजयकुमार गच्छदार र सुनिल थापालाई आफ्नो पक्षमा पारेर बलियो हुने देउवाको योजना रहेको छ ।

    यसबीच कांग्रेस प्रवेश गरेका कैलालीका मोहनसिंह राठौर, डडेल्धुराका जनकराज कलौनी, सर्लाहीका जंगीलाल राय, लमजुङका दयाराम पाण्डे, डोल्पाका कर्णबहादुर बुढा, सर्लाहीका शम्भुलाल श्रेष्ठ, कपिलवस्तु्का अभिशेषप्रताप शाह, स्याङ्जाका भूमिबहादुर (विश्व) गुरुङ लगायतलाई साथमा लिएर मत बढाउन सकिने देउवाको रणनीति रहेको छ । यी नवप्रवेशीलाई देउवाले केन्द्रीय सदस्य मनोनित गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend