सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

शेरबहादुर देउवा प्रधानमन्त्री बनेर पहिलो काम के गर्छन् ? यस्तो छ प्राथमिकता !

शेरबहादुर देउवा प्रधानमन्त्री बनेर पहिलो काम के गर्छन् ? यस्तो छ प्राथमिकता !

  • मिडिया डबली
  • मंगलवार, आषाढ १५ २०७८

  • 8.3K
    SHARES

  • शेरबहादुर देउवा प्रधानमन्त्री बनेर पहिलो काम के गर्छन् ? यस्तो छ प्राथमिकता !

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनःस्थापना भएर आफ्नो सरकार बनेपछि पहिलो प्राथमिकता खोप ल्याउने रहेको जानकारी दिएका छन् ।

    सोमवार विपक्षी गठबन्धनले गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आफ्नो प्राथमिकता सबैका लागि कोरोना भाइरस विरुद्धको निःशुल्क खोप दिनु रहेको दाबी गरे ।

    सभापति देउवाले केपी शर्मा ओली सरकार अनियमिततामा फसेको र खोपमा ठूलो चलखेल भएकाले आरोप समेत लगाएका छन् । देउवाले अहिलेको सरकारले सार्वजनिक सुनुवाइ विना नै गरेका सबै निर्णय खारेज हुनुपर्ने तर्क गरेका छन् ।

    ‘अहिले भएका सबै संवैधानिक अंगका नियुक्ति खारेज हुन्छ,’ देउवाले भने, ‘सुनुवाइ हुन नसकेमा सबै नियुक्ति स्वतः खारेज हुने व्यवस्था राखेर भए पनि निर्णय खारेज गर्छौं ।’

    सभापति देउवाले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले राष्ट्रपतीय संस्थाको गरिमा र मर्यादा राख्न नसकेको आरोप लगाएका छन् । देउवाले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानका प्रावधान धुजाधुजा बनाएको बताएका छन् ।

    सभापति देउवाले संविधानको धारा ७६(५) ले कुनै पनि संसदको सदस्यले बहुमतका आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था रहेकाले त्यसका आधारमा आफूले दाबी प्रस्तुत गरे पनि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend