सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसमा ३ लाख क्रियाशील सदस्यतामा विवाद, सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

कांग्रेसमा ३ लाख क्रियाशील सदस्यतामा विवाद, सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

  • मिडिया डबली
  • शनिवार, आषाढ १२ २०७८

  • 4.9K
    SHARES

  • कांग्रेसमा ३ लाख क्रियाशील सदस्यतामा विवाद, सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन् । 

    क्रियाशील सदस्यताको विवाद टुंग्याउनका लागि शीर्ष नेताहरूको बैठक बोलाइएको सभापति देउवानिकट स्रोतले जनाएको छ ।

    शीर्ष नेताहरूको बैठक आईतबार दिउँसो २ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

    क्रियाशील सदस्यका रूपमा सूचीकृत ८ लाखमध्ये करीब ३ लाख सदस्यबारे पार्टीमा विवाद देखिएको छ ।  

    पार्टीमा सूचीकृत नामविरुद्ध कैयौं उजुरी र गुनासा दर्ता भएको समितिले जानकारी दिएको छ । २ नम्बर प्रदेशका ८ जिल्लासहित मोरङ र सुनसरीबाट धेरै उजुरी परेका छन् । 

    पार्टीभित्रको विवादले सिन्धुपाल्चोक, बारा र बर्दियाबाट हालसम्म क्रियाशील सदस्य सूचीकृत हुन नसकेको पाइएको छ । ५० जिल्लाको क्रियाशील सदस्य छानविन समितिले टुंगो लगाएको छ ।

    देशभरका २४ जिल्लाका क्रियाशील सदस्य छानविन गर्न बाँकी रहेको छ । तीमध्ये १५ जिल्लाबाट परेका उजुरी गम्भीर प्रकृतिका रहेका समितिले जानकारी दिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend