आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

पुनः पार्टी सभापति बन्न तम्सिए शेरबहादुर देउवा, कस्तो छ माहोल ?

पुनः पार्टी सभापति बन्न तम्सिए शेरबहादुर देउवा, कस्तो छ माहोल ?

  • मिडिया डबली
  • शनिवार, आषाढ ५ २०७८

  • 9.8K
    SHARES

  • पुनः पार्टी सभापति बन्न तम्सिए शेरबहादुर देउवा, कस्तो छ माहोल ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौमा हुने भएपछि सभापति शेरबहादुर देउवा पुनः दोस्रोपल्ट पार्टी सभापति बन्न तम्सिएका छन् ।

    शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति यकिन गरेपछि देउवाले आफ्नो पक्षका नेताहरूलाई एक्लाएक्लै र सामूहिक रूपमा भेटेर माहोल बुझ्ने काम गरिरहेका छन् ।

    सभापति देउवा पक्षमै सभापतिका आकांक्षी देखिएका उपसभापति बिमलेन्द्र निधिसँग छलफल गर्न देउवाले बुढानिलकण्ठ बोलाएका छन् । नेपाली कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    देउवाले आज शनिवार बिहान १ नम्बर प्रदेशका केन्द्र्रीय सदस्यसँग बुढानिलकण्ठमा छलफल गरेका छन् । छलफलमा देउवाले आफू फेरि सभापति बन्ने बताएका छन् ।

    देउवाले छलफलमा भनेका छन्, ‘संशोधित कार्यतालिका अनुसार पार्टीको महाधिवेशन हुन्छ । म सभापतिमा लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । ३ तहको निर्वाचन पनि गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं । अब म मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’

    कम्युनिस्ट पार्टीहरू विभाजित भएका बेला सभापति देउवाले कांग्रेस पहिलो पार्टी बन्ने देखेका छन् । बाह्य रूपमा पनि हेर्दा कांग्रेस पहिलो पार्टी हुने अनुमान गरिन्छ । यस्तो बेला पार्टी सभापति बनेर कांग्रेसलाई पहिलो पार्टी बनाउन सकेमा आफ्नो नेतृत्वमा पार्टी हारेको दाग मेटाउन सकिने देउवाको बुझाइ रहेको छ ।

    ‘सभापतिज्यूले पहिलो कार्यकालमा धेरै काम गर्न पाइएन । अब पार्टीलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने भन्नुभएको छ,’ छलफलमा सहभागी एक नेताले भने ।

    छलफलमा पार्टी सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियार सहभागी भएका थिए । देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न सबै केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् ।

    देउवाले सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम बनाएका छन् । देउवाले शनिबारै उपसभापति बिमलेन्द्र निधिसहित २ नम्बर प्रदेशका केन्द्रीय सदस्यसँग समेत भेटवार्ता गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend