काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक आज शनिवार बुढानीलकण्ठमा बस्दैछ ।
शनिवार दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा आसन्न महाधिवेशनको बारेमा छलफल हुने जनाइएको छ ।
आगामी भदौसम्ममा पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक बाध्यता भए पनि कोरोना महामारीका कारण कार्यतालिका प्रभावित हुने भएपछि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको जनाइएको छ ।
पूर्व निर्धारित कार्यतालिका अनुसार असारमा वडा तहको अधिवेशन सुरू गर्नुपर्ने भएपनि हालसम्म क्रियाशील सदस्यताको टुंगो नै नलागिसकेकाले महाधिवेशन प्रभावित हुने अनुमान गरिँदैछ । आजको बैठकले महाधिवेशनबारे आवश्यक निर्णय लिने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।