आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशन दुई सातापछि सर्न सक्ने, वडादेखि केन्द्रसम्म मिति हेरफेर हुने

कांग्रेस महाधिवेशन दुई सातापछि सर्न सक्ने, वडादेखि केन्द्रसम्म मिति हेरफेर हुने

  • मिडिया डबली
  • शुक्रवार, जेठ २८ २०७८

  • 5.4K
    SHARES

  • कांग्रेस महाधिवेशन दुई सातापछि सर्न सक्ने, वडादेखि केन्द्रसम्म मिति हेरफेर हुने
    फाइल तस्वीर

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशन निर्धारित मितिभन्दा दुई सातापछि सर्न सक्ने भएको छ ।

    कोरोना महामारीका कारण वडादेखि केन्द्रसम्मको महाधिवेशनको मिति सामान्य हेरफेर गर्ने तयारी भएको बुझिएको छ । स्रोतका अनुसार केन्द्रीय महाधिवेशनको मिति भदौ तेस्रो साता पुग्ने छ ।

    हाधिवेशनको मिति ७–१० भदौ तय भए पनि दुई साता पछि सार्ने तयारी भएको छ । केन्द्रीय समितिको बैठक बसेर सामान्य हेरफेर गर्र्ने तयारी भएको स्रोतले बताएको छ ।

    महाधिवेशन कार्यतालिका सामान्य संशोधनका लागि पहिले पदाधिकारी बैठक बस्ने र त्यसपछि केन्द्रीय समिति बैठकले कार्यतालिका संशोधन गर्ने कांग्रेसको बताइएको छ ।

    यसअघि ६ फागुन २०७७ मा संशोधन गरेको कार्यतालिकाअनुसार कांग्रेसले केन्द्रीय समितिबाट ७–१० भदौ २०७८ का लागि महाधिवेशन तोकेको थियो ।

    कांग्रेसले संविधानअनुसार पनि महाधिवेशन भदौभित्र गर्नै पर्ने हुन्छ । नत्र कांग्रेसको वैधानिकता गुम्ने अवस्था छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend