काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद दिएका छन् ।
राष्ट्रपति बाइडेनले नेपाल लगायत देशलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेपछि सभापति देउवाले कृतज्ञता ज्ञापन गरेका छन् ।
शुक्रवार बिहान ट्वीट लेख्दै देउवाले खोप सहयोगले नेपाल र अमेरिकाबीचको मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गरे ।
अमेरिकाले बिहीबार नेपाल लगायत दक्षिण एसियाका देशलाई खोप दिने घोषणा गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।