काठमाडौं - पाँच दल सम्मिलित विपक्षी गठबन्धनले ओली सरकारलाई देशलाई असर गर्ने र दीर्घकालीन निर्णय नगर्न चेतावनी दिएका छन् ।
आइतबार बिहान नेपालीनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।
संघीय संसदमा ल्याउनुपर्ने बजेट प्रतिनिधिसभा विघटन गरी अध्यादेशमार्फत ल्याएको तथा संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्को भइरहेको भन्दै विपक्षी गठबन्धन ओली सरकारसँग आक्रोशित भएको छ ।
सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामाकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरूलाई विपक्षी गठबन्धनले आग्रह गरेको छ ।
यसरी विज्ञप्ति निकाल्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राजमोबाट दुर्गा पौडेल छिन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।