काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति जस्तो सम्मानजनक व्यक्तिले प्रधानमन्त्रीले भन्दैमा मान्ने कुरा नभएको बताएका छन् ।
नेपाली कांग्रेस निकट पत्रकारको संस्था नेपाल प्रेस युनियनले गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले राष्ट्रपतिबाट संविधानको ठाडो उल्लंघन भएको दाबी गरे ।
सभापति देउवाले प्रधानमन्त्रीसँगै राष्ट्रपतिबाट पनि संविधानको ठाडो उल्लंघन भएको दाबी गरे ।
उनले भने, ‘राष्ट्रपतिले राति २ बजे प्रतिनिधिसभा विघटन गर्नुभयो, नहुने कुरा गर्नुभयो । राष्ट्रपतिजस्तो सम्मानजनक व्यक्तिले प्रधानमन्त्रीले भन्दैमा मान्ने कुरा थिएन । प्रधानमन्त्रीले त संविधानको ठाडो उल्लंघन गरे, राष्ट्रपतिबाट पनि भयो, अदालतले न्याय गर्नेछ भन्ने कुरा विश्वास छ ।’
सभापति देउवाले संविधानको धारा ७६(५) ले पार्टी नभई प्रतिनिधि सभाको सदस्य भनेको दाबी गरेका छन् । ‘बहुमतभन्दा बढी सदस्यको सहिछापसहित राष्ट्रपतिकोमा बुझाएका थियौं । मान्छे बोलाएर हो होइन भनेर गन्न सक्नुहुन्थ्यो,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।