आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

बादल हराउने खिमलाल देवकोटा पुगे देउवा निवास बुढानिलकण्ठ

बादल हराउने खिमलाल देवकोटा पुगे देउवा निवास बुढानिलकण्ठ

  • मिडिया डबली
  • मंगलवार, जेठ ११ २०७८

  • 19.8K
    SHARES

  • बादल हराउने खिमलाल देवकोटा पुगे देउवा निवास बुढानिलकण्ठ

    काठमाडौं - हालै बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।

    मंगलबार बुढानिलकण्ठस्थित पुगेका उनलाई राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकोमा सभापति देउवा र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बधाई तथा शुभकामना दिएका थिए । 

    सो अवसरमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ पनि उपस्थित थिए । देवकोटाले समसामयिक राजनीतिक विषयमा देउवा र खड्कासँग छलफल गरेका थिए ।

    स्वतन्त्र रूपमा कलम चुनाव चिह्न लिएर उठेका देवकोटाले तत्कालीन गृहमन्त्री एवं एमाले उम्मेदवार रामबहादुर थापा बादललाई भारी मतले पराजित गरेका थिए ।

    एमालेका माधव नेपाल निकट नेता देवकोटालाई कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षले साझा उम्मेदवार उठाएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend