काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।
शनिबार बिहान साढे ९ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको महामन्त्री शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रवार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेपछि कांग्रेसको आकस्मिक बैठक बस्न लागेको छ ।
संसद विघटनको कांग्रेस नेताहरूले चर्को विरोध गरिरहेका छन् । बैठकले सरकारको कदमको प्रतिवाद गर्ने गरी रणनीति तय गर्ने कांग्रेस स्रोतले जनाएको छ ।
देउवाले पार्टीका नेताहरूसँग बैठकपछि विपक्षी दलका नेताहरूसँग पनि आफैं छलफल गर्न जनाइएको छ । माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्षसँगको छलफलका लागि समय तय भइसकेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।