आइतवार, जेठ ३० २०७८Jun 13 2021

Logo
images
images
images
images
आजको विशेष

यी कांग्रेस नेताहरू जो कोरोनाकालमा जनताको सहयोगमा हरसमय खटिए

यी कांग्रेस नेताहरू जो कोरोनाकालमा जनताको सहयोगमा हरसमय खटिए

  • मिडिया डबली
  • मंगलवार, जेठ ४ २०७८

  • 2.1K
    SHARES

  • यी कांग्रेस नेताहरू जो कोरोनाकालमा जनताको सहयोगमा हरसमय खटिए

    काठमाडौं - एक वर्ष भइसक्यो कोरोना भाइरसको संक्रमणले मुलुकलाई गाँजेको । सरकारी अकर्मण्यताका कारण मुलुकको स्वास्थ्य प्रणाली नै टुटेको छ ।

    त्यही भएर अहिले मानिसहरू सरकारको भर पर्नुभन्दा पनि व्यक्तिगत र दाताको सहयोगमा उपचार सेवा गर्न थालेका छन् । मुलुकमा व्यक्ति र संघसंस्थाले जनताको रक्षार्थ सहयोगमा जुट्नु भनेको शासनसत्ताप्रति भरोसा नहुनु हो ।

    images
    images

    जबदेखि केपी ओली प्रधानमन्त्री बने, तब उनका बतासे कुराले जनतामा सरकारप्रति भरोसा टुटेको हो । जे विषयलाई पनि हल्का ढंगले लिने, प्रणाली व्यवस्थितमा ध्यान नदिने, आसेपासेलाई सरकारी नियुक्ति दिएर पार्टी भर्तीकेन्द्र बनाउने, भजनकीर्तन गर्नेलाई पुरस्कृत गर्ने ओली प्रवृत्तिले नै अहिले जनतामा घोर निरासा उत्पन्न गराएको छ । यस्तो अवस्थामा पनि नेपाली कांग्रेसका केही नेताले जनताको भरोसा टुट्न दिएका छैनन् ।

    तिनै नेताका कारण कांग्रेसको भविष्य उज्ज्वल भएको छ । जनताले फेरि पनि कांग्रेस नै हो जनताको दुःख–सुखको साथी भन्न थालेका छन् । कांग्रेस नेताहरू विनोद चौधरी, गगन थापा, मोहनबहादुर बस्नेत, रामहरि खतिवडा, प्रदीप पौडेल, राजीवविक्रम शाह, डा.आरजु देउवा, डम्बर खड्का, कान्छाराम तामाङ, मिनकृष्ण महर्जन, शंकर भण्डारीलगायतले कोरोनाकालमा आफूले सक्ने सहयोग गरेका छन् । कोरोना नियन्त्रण र रोकथाम न्यूनीकरणमात्र होइन, समस्यामा परेका जनतालाई पनि उनीहरूले खुलेर सहयोग गरेका छन् ।

    विनोद चौधरी :– कांग्रेस सांसद चौधरीले १० करोड लागतमा अस्पताल बनाइदिने घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमितको उपचारका लागि सहज होस् भनी उनले व्यक्तिगत रूपमा यो निर्णय गरेका हुन् ।

    आरजु देउवा :- कांग्रेस नेतृ आरजु देउवा जो यतिबेला जापानमा उपचार गराइरहेकी छन् । यस्तो महामारीका बेला उनले कैलालीमा अक्सिजन प्लान्ट स्थापना गर्न १० लाख सहयोगको घोषणा गरेकी छन् ।

    गगन थापा :- कांग्रेसका युवा नेता गगन थापा जो पूर्वस्वास्थ्यमन्त्रीसमेत हुन् । उनले कोरोना न्यूनीकरणका लागि हरेक दिन सरकारलाई घच्घच्याइरहेका छन् । विभिन्न सुझाव र सल्लाह पनि दिइरहेका छन् । सल्लाह दिनेमात्र होइन, उनले व्यक्तिगत रूपमा आफ्नो निर्वाचन क्षेत्रका कोरोना संक्रमित जनताका लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएका छन् । उनले व्यक्तिगत पहलमा आइसोलेसन केन्द्रसमेत सञ्चालन गरेका छन् ।

    मोहनबहादुर बस्नेत :-  पूर्वसञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता बस्नेत कोरोनाकालमा सबैभन्दा धेरै खटिनेमा पर्छन् । उनले व्यक्तिगत पहलमा सरकारले समेत गर्न नसक्ने धेरै काम गरेका छन् । जिल्लावासीको कोरोना बिमा गर्नेदेखि लिएर सिन्धुपाल्चोकमा सय बेडको कोभिड अस्पताल नै बनाउने भएका छन् ।

    प्रदीप पौडेन :-  कांग्रेस केन्द्रीय सदस्य पौडेलले विभिन्न दाताको सहयोगमा काठमाडौंमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन केन्द्र तयार पारेका छन् ।

    रामहरि खतिवडा :-  निर्वाचनमा पराजित भए पनि कांग्रेस नेता खतिवडा सबैभन्दा सक्रिय हुनेमा पर्छन् । जिल्लाको विकास मात्र होइन, जनताका हरेक समस्यामा पहिले उनी नै पुग्छन् । महामारीका बेला उनकै पहलमा ओखलढुंगामा जनताको स्वास्थ्य परीक्षण गर्ने काम सुरु भएको छ ।

    डम्बर खड्का :-  इलामका डम्बर खड्का जिल्लामा निकै लोकप्रिय छन् । समाजसेवीको पहिचान बनाएका खड्काले एक वर्षदेखि निरन्तर इलामेली जनताको दुःखसुखमा साथ दिँदै आएका छन् । व्यक्तिगत रूपमा उनले खाद्यान्न सहयोगदेखि लिएर लकडाउनका बेला काठमाडौंमा फसेका जिल्लावासीलाई लिन उनी राजधानी नै आएका थिए ।

    जगदीश्वरनरसिंह केसी :-  कांग्रेस नुवाकोटका सभापति केसीले पहिलोपटक पार्टी कार्यालय कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन केन्द्र बनाउने निर्णय गरेका थिए ।

    जुन निर्णय निकै लोकप्रिय भएको थियो । अहिले विभिन्न जिल्लाले यो घोषणा गरेका छन् । व्यक्तिगत वा सहयोग नै जुटाएर भए पनि कांग्रेस नेताहरूले जनताको सहयोगमा आफूलाई दिनरात व्यस्त बनाएका छन् ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology