आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

सभापति शेरबहादुर देउवाले गरे स्वास्थ्यकर्मीलाई सलाम !

सभापति शेरबहादुर देउवाले गरे स्वास्थ्यकर्मीलाई सलाम !

  • मिडिया डबली
  • शनिवार, जेठ १ २०७८

  • 6.1K
    SHARES

  • सभापति शेरबहादुर देउवाले गरे स्वास्थ्यकर्मीलाई सलाम !

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको महामारीका बेला फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम गरेका छन् ।

    कोरोना महामारीको कठिन समयमा दिनरात बिरामीको उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक लगायत फ्रन्टलाइनमा काम गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै सभापति देउवाले उच्च प्रशंसा गरेका छन् ।

    सभापति देउवाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘कोरोना महामारीको कठिन समयमा दिनरात बिरामीको उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक लगायत फ्रन्टलाइनमा काम गर्ने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उहाँहरूको उच्च प्रशंसा गर्न चाहन्छु ।’

    फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखाएको जनाउँदै कठिन अवस्थामा गरेको योगदानको राज्यले एकदिन कदर गर्ने सभापति देउवाले बताए । ‘सरकार कोरोना नियन्त्रणमा लगभव असफल भएको अहिलेको अवस्थामा तपाईं फ्रन्टलाइनरहरूको मेहनतले बिरामीमा आशाको किरण देखिएको छ । एकदिन राज्यले पक्कै पनि तपाईंहरूको यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने नै छ । फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरूलाई पुनः एक पटक सलाम !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend