काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाममा कम्युनिस्ट सरकारलाई खबरदारी गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अब सक्रिय हुने भएको छ ।
कांग्रेसले देशैभर सातै प्रदेशमा कोरोना संक्रमणको अवस्था र कांग्रेसको भूमिकाबारे जूम अन्तर्क्रिया गर्दैछ ।
केन्द्रीय कार्यालयका सचिव प्रेम केसी शुनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिको आयोजनामा ‘कोभिड–१९ को अवस्था र नेपाली कांग्रेसको भूमिका’ विषयक प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रम गरिने जानकारी दिए ।
‘कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसदहरु, प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति, गाउँ/नगरपालिका कार्यसमितिका सभापतिहरू तथा नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरू र नेपाली कांग्रेस कोभिड–१९ जिल्ला अनुगमन समितिका संयोजकको समेत सहभागीता रहनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा रहने र विशिष्ट अतिथिमा वरिष्ठ नेता रामचन्द्र पौडेल रहने जनाइएको छ ।
सबै प्रदेशको संयोजन नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले गर्नेछन् ।
यस्तो छ विवरण –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।