काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना भाइरस संक्रमित नेपालीको उपचार गर्न नसकेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग माग राखेका छन् ।
सभापति देउवाले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारी रोकथामका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न ओली सरकारलाई आग्रह गरे ।
कोरोना महामारीले उग्ररूप लिएको जनाउँदै देउवाले यस्तो बेलामा गम्भीर र जिम्मेवार बन्न ओली सरकारलाई आग्रह गरे ।
विज्ञप्तिमा उल्लेख छ, ‘म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको व्यवस्था गर्न माग गर्दछु ।’
कोरोना महामारीको विषम अवस्थामा नेपाललाई सहयोग गरिदिन मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरूलाई समेत देउवाले अपिल गरेका छन् ।
देउवाले सर्वसाधारणलाई स्वास्थ्यका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न समेत आग्रह गरेका छन् ।
कठिन अवस्थामा ओली सरकारको भर नभएको भन्दै सभापति देउवाले देशभरका कांग्रेस कार्यकर्तालाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न समेत विज्ञप्तिमार्फत अपिल गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।