आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसले एमालेको नेपाल पक्षबाट पाएन सहयोग, देउवा प्रधानमन्त्री बन्न नसक्ने निर्णय

कांग्रेसले एमालेको नेपाल पक्षबाट पाएन सहयोग, देउवा प्रधानमन्त्री बन्न नसक्ने निर्णय

  • मिडिया डबली
  • बिहिवार, बैशाख ३० २०७८

  • 5.6K
    SHARES

  • कांग्रेसले एमालेको नेपाल पक्षबाट पाएन सहयोग, देउवा प्रधानमन्त्री बन्न नसक्ने निर्णय

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेकपा एमालेको माधवकुमार नेपाल पक्षबाट सहयोग नभएपछि नयाँ सरकार बन्न नसक्ने भएको छ ।

    बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले बहुमतको नयाँ सरकार गठन गर्ने सम्भावना एकदम न्युन भएको निष्कर्ष निकालेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट बहुमत पुर्‍याउन तोकिएको समयसीमा साँझ ९ बजे सकिँदैछ ।

    एमालेको नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले समर्थन गर्न नसक्ने भएपछि बहुमत नपुग्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।

    महतले भने, ‘बहुमत पुर्‍याउनका लागि महन्थ पक्ष पनि तयार देखिएनन् । माधव पक्ष पनि तयार देखिएन । बहुमतको दाबी गर्ने सम्भावना एकदम न्युन भयो ।’

    बिहीबार दिनभर सरकार गठनका लागि देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend