आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक विशेष

बुढानिलकण्ठमा देउवा, महन्थ र राजेन्द्रबीच यस्तो भित्री सहमति

बुढानिलकण्ठमा देउवा, महन्थ र राजेन्द्रबीच यस्तो भित्री सहमति

  • मिडिया डबली
  • बिहिवार, बैशाख ३० २०७८

  • 14.1K
    SHARES

  • बुढानिलकण्ठमा देउवा, महन्थ र राजेन्द्रबीच यस्तो भित्री सहमति

    काठमाडौँ - बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समयसीमाका आज अन्तिम दिन । बिहीबार राति ९ बजेभित्र नयाँ सरकारका लागि दाबी पेस गर्नुपर्ने हुन्छ ।

    त्यसअघि नै बहुमत सांसदको हस्ताक्षर जुटाउन नेपाली कांग्रेस र जसपाका शीर्ष नेताबीच कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सघन भेटवार्ता भएको छ ।

    जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । नेताहरूबीच आगामी निर्वाचनसम्म कसरी जाने भन्ने विषयमा सघन वार्ता भएको बताइएको छ ।

    जसपाको उपेन्द्र यादव समूह देउवालाई प्रधानमन्त्री बनाएर ओलीलाई ढाल्नुपर्ने पक्षमा छ । तर, ठाकुर र महतो विपक्षमा छन् । यस्तो अवस्थामा महतो र ठाकुर दुवै देउवा निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    कांग्रेस र जसपाबीच चुनावी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटेमा ओली सरकार विस्थापित भएर नयाँ सरकार गठन हुने सम्भावना धेरै रहेको स्रोतले बतायो ।

    अहिले देउवाले सरकारको नेतृत्व गर्ने र चुनावी सरकारको नेतृत्व ठाकुरले गर्ने गरी सहमति जुटाउने प्रयास भइरहेको छ । तर, कांग्रेसभित्र अहिले ओलीलाई फाल्न ठाकुरलाई प्रधानमन्त्री र चुनावी सरकार भने देउवाको नेतृत्वमा गठन गर्नसकिनेमा विकल्प खुला राख्न छलफल भइरहेको छ । कांग्रेस नेता अर्जुननरसिंह केसीले अहिले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर ओलीलाई ढाल्नुपर्ने बताइसकेका छन् ।

    कांग्रेस र माओवादी केन्द्रमा यो विषयले प्रवेश पाएको छ । हिजो बाबुराम भट्टराईले इन्डोर्स गरेको विषय पनि यही हुन सक्ने अनुमान गरिएको छ । नयाँ सरकार गठनबारे आज साँझसम्म नयाँ नयाँ ट्विस्ट आउने देखिएको छ । कांग्रेसको पदाधिकारी बैठकबारे अहिले सबैको चासो देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend