आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

महन्थ ठाकुरलाई भेटेपछि शेरबहादुर देउवाले बोलाए आकस्मिक बैठक

महन्थ ठाकुरलाई भेटेपछि शेरबहादुर देउवाले बोलाए आकस्मिक बैठक

  • मिडिया डबली
  • बिहिवार, बैशाख ३० २०७८

  • 7.3K
    SHARES

  • महन्थ ठाकुरलाई भेटेपछि शेरबहादुर देउवाले बोलाए आकस्मिक बैठक

    काठमाडौं – नयाँ सरकार निर्माणको प्रयास भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेटेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्।

    बिहीवार बिहान जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई बुढानिलकण्ठमै भेटेका देउवाले अपराह्न ४ बजे पदाधिकारी बैठक बोलाएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२( अनुसार नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको समय बिहीबारै राति ९ बजे सकिने भएको छ ।

    तोकिएको समयभित्र पार्टीले सरकारका लागि दाबी गर्ने कि नगर्ने भन्नेबारे देउवाले पदाधिकारीसँग छलफल गर्न चाहेको स्रोतले जनाएको छ । देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र तयार भए पनि जसपाको महन्थ ठाकुर समूहले सहमति दिएको छैन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई एकजुट राख्न माधवकुमार नेपाल समूहलाई फकाउन कारवाही फुकुवाको निर्णय गरिसकेका छन् । यस्तो बेला नयाँ सरकार बन्ने सम्भावना कमजोर हुँदै गएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend