काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन दिएको ३ दिनको समयसीमाभित्रै आवश्यक समर्थन जुटाउन कांग्रेस लागिपर्ने भएको छ ।
मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउन लागिपर्ने निर्णय गरेको हो ।
देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रपति भण्डारीले दिएको समयसीमाभित्र सभापति देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास समेत लिएको छ ।
बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै सहमहामन्त्री प्रकाशशरण महतले माओवादी केन्द्रले कांग्रेसलाई सघाउने स्पष्ट रहेको र अन्तिम समयसम्ममा जसपा समेत एकजुट हुने विश्वास व्यक्त गरेका छन् ।
नेकपा एमालेकै माधवकुमार नेपाल पक्षले तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको दाबी गरिएको छ । एमालेको नेपाल पक्षका सांसदले राजीनामा दिएर बहुमत पुग्ने आधार बनाउने चर्चा रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।