काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाएका छन् ।
सभापति देउवाले मंगलबार विभिन्न दलका नेताहरूसँग आफ्नो निवास बुढानिलकण्ठमा छलफल गर्न लागेका नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले बताएका छन् ।
‘सभापति देउवाले नयाँ सरकार गठनका लागि विभिन्न दलहरूसँग छलफल गर्न बैठक बोलाउनुभएको छ,’ उनले भने ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि दलहरुलाई आह्वान गरेपछि सभापति देउवाले छलफलका पाइला चालेका छन् ।
बैठकमा कांग्रेसका शीर्ष नेता, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरू सहभागी हुने नेता लेखकले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।