काठमाडौं – बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ ।
बैठकबाट वीर अस्पतालको नयाँ भवनभरि कोरोना भाइरस संक्रमणबाट बिरामी भएका व्यक्तिलाई मात्रै उपचार गर्ने निर्णय गरिएको छ ।
आज शनिवार बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधनका क्रममा घोषणा गरे अनुसार वीर अस्पतालको नयाँ भवनमा कोरोनाका बिरामीको मात्रै उपचार गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले गरेको घोषणलाई आधार बताउँदै वीर अस्पतालले आफ्नो नयाँ भवनमा कम्तिमा ५०० शय्या सहितको उपचार सेवा दिने गरी हाल जनशक्ति र उपकरणको व्यवस्थापन गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।