आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेस बैठक सकियो, हिसाबकिताब गरेर यस्तो ‘बोल्ड’ निर्णय !

कांग्रेस बैठक सकियो, हिसाबकिताब गरेर यस्तो ‘बोल्ड’ निर्णय !

  • मिडिया डबली
  • शनिवार, बैशाख २५ २०७८

  • 9.0K
    SHARES

  • कांग्रेस बैठक सकियो, हिसाबकिताब गरेर यस्तो ‘बोल्ड’ निर्णय !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सकिएको छ ।

    बैठकले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

    आज शनिबार नयाँबानेश्वरस्थित संसद भवनमा बसेको दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र कांग्रेसकै नेतृत्वमा सरकार बनाउन राजनीतिक दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

    ‘प्रधानमन्त्री राजनीतिक र प्रशासनिक रुपमा पूर्ण असफल भएकाले उहाँलाई कांग्रेसले विश्वासको मत दिँदैन । आफ्नो नेतृत्वमा सरकार गठन गर्न अन्य दलसँग छलफल गर्छ,’ खाँडाले बैठकपछि भने ।

    प्रधानमन्त्री ओलीको विश्वासको मत लिन प्रयास असफल हुने भएकाले अविश्वासको प्रस्ताव ल्याउनुको औचित्य नभएको प्रमुख सचेतक खाँडले जानकारी दिए । प्रतिनिधि सभाको बैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।

    नेपाली कांग्रेसले ओली सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेको छ । कांग्रेसले संवैधानिक परिषद् बैठकमा सहभागी नहुन सबैलाई आग्रह समेत गरेको छ । भोलि आईतवार प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend