काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिवार साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
आज बस्ने बैठकका एजेन्डाबारे मन्त्रीहरूलाई जानकारी नदिइएको स्रोतले जनाएको छ ।
गत सोमवार र बिहीवार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरेपनि शनिवार साँझ आकस्मिक रूपमा बैठक बोलाइएकाले चासो बढेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार आज आकस्मिक बैठक बोलाइएको छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा ओलीको सक्रियता बढेको छ । प्रधानमन्त्री ओलीले आईतवार संवैधानिक परिषद्को बैठक समेत बोलाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।