आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
आजको विशेष

ओलीको मिसन, खोपमा कमिसन

ओलीको मिसन, खोपमा कमिसन

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २४ २०७८

  • 3.9K
    SHARES

  • ओलीको मिसन, खोपमा कमिसन

    काठमाडौं- देशले कोरोना भाइरसको दोस्रो लहरले थला पार्दै लगेको छ । दैनिक संक्रमित र मृत्यु हुनेको दल बढ्दै गएको छ ।

    तर, एक वर्षदेखि प्रधानमन्त्री केपी ओली भाइरस नियन्त्रण र जोखिम कम गर्न होइन, आफ्नो कुर्सी कसरी जोगाउने, विरोधीलाई कसरी पछार्ने भन्ने खेलमै व्यस्त छन् ।

    कोरोनाको पहिलो लहरको ओम्नी र यति समूहसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल र तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लपक्कै लागेका थिए । चीनबाट आयातित स्वास्थ्य सामग्रीमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको संसदको सार्वजनिक लेखा समितिले नै सार्वजनिक गरेको थियो । तर, ओलीले पोखरेल र ढकाललाई कारबाहीको दायरमा ल्याएनन्, बरु झन् प्रमोसन गरे ।

    कोरोनाको दोस्रो लहरमा हुकम कम्पनीसँग प्रधानमन्त्री ओलीकै घाँटी जोडिएको छ । हुकमलाई महँगो मूल्यमा कोरोनाविरुद्धको खोप खरिद गर्ने अधिकार दिइएको छ । जबकि प्रतिखोप ६ अमेरिकी डलरमै नेपाल ल्याइदिने खोप उत्पादक कम्पनीले स्वास्थ्य मन्त्रालयलाई पत्र नै पठाएको छ ।

    पहिले नै आर्थिक अनियमिततामा मुछिएका उपप्रधानमन्त्री पोखरेललाई अहिले खोप खरिद गर्ने अधिकार दिन जिम्मेवारी तोकिएको छ । देशमा कोरोनाबाट मृत्यु र संक्रमित हुनेको संख्या बढेसँगै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले केही खोपका एजेन्टका कारण खोप ल्याउन नसक्ने केही समयअघि बताएका थिए ।

    तर, त्यसबेला उनले सार्वजनिक गरेको तथ्यबारे कसैले चासो राखेन । जब नेपाल सरकारले ५० लाख खोप भारतको सिरम इन्स्टिच्युटबाट खरिद गर्ने तयारीका लागि पहिले २० लाख खोपका लागि अग्रिम भुक्तानी दियो, ओलीसँगै घाँटी जोडिएका सुरज वैद्य र विजय दुगडले कमिसन नआएसम्म खोप ल्याउन नदिन लबिङ गरे । जसका कारण सिरमले दोस्रो लटको १० लाख डोज खोप पठाएको छैन ।

    अहिले नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउनबाट वञ्चित गराउने अरु कोही नभएर ओलीले नै संरक्षण गर्दै आएका वैद्य र दुगड हुन् । जसले नेपालीमाथि अपराध गरेका छन् । यसमा ओली नै सामेल भएको देखिएको छ ।

    होइन भने ओलीले तिनलाई किन कारबाही गर्न सक्दैनन् भन्ने प्रश्न जनताले गर्न थालेका छन् । नेपालका लागि खोप खरिदमा दलाल व्यापारीहरुको संलग्नता रहेको र उनीहरुलाई सत्ताकै संरक्षण भएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सार्वजनिक गरेपछि मात्र खोप खरिदमा ३६ करोड कमिशनको विवाद बाहिरिएको हो ।

    नेपाली सेनाले निर्माण गर्दै आएको फाष्ट ट्रयाकमा ६ अर्वको भ्रष्टाचारमा प्रधानमन्त्री ओलीकै संलग्नता रहेको भन्दै समाचार आइरहेका बेला खोप खरिदमा प्रधानमन्त्रीको नाम मुछिनुले देश कसरी चलिरहेको पुष्टि हुन्छ ।

    होइन भने सार्वजनिक पदधारण गरेको व्यक्तिले स्पष्टीकरण दिनुपर्छ कि पर्दैन ? जनताले प्रश्न गर्न थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend