आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

मन्त्रिपरिषद् बैठक सकियो, के भयो निर्णय ?

मन्त्रिपरिषद् बैठक सकियो, के भयो निर्णय ?

  • मिडिया डबली
  • बिहिवार, बैशाख २३ २०७८

  • 7.4K
    SHARES

  • मन्त्रिपरिषद् बैठक सकियो, के भयो निर्णय ?

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सकिएको छ ।

    बैठकमा कोरोना भाइरस संक्रमण रोकथामका लागि भइरहेका प्रयासबारे छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

    आज बिहीवारको मन्त्रिपरिषद् बैठकमा कोरोना संक्रमणका सवालले मात्रै प्रवेश पाएको उनले जानकारी दिए ।

    मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकाले केही राजनीतिक निर्णय हुनसक्ने चर्चा थियो । तर बैठकमा कुनै राजनीतिक निर्णय नभएको जनाइएको छ ।

    ‘कोभिडका बारेमा हामीले गहन छलफल गरेका छौं । रोकथामका लागि भइरहेका कामबारे पनि समीक्षा गरेका छौं । समस्याबारे पनि पहिचान गर्ने काम भयो । त्यससम्बन्धी योजना अघि पनि बढिसकेको छ । योबाहेक नयाँ निर्णय केही छैन,’ मन्त्री ज्ञवालीले भने ।

    ज्ञवालीले अक्सिजनको सहज उपलब्धताका निम्ति अक्सिजन प्लान्ट जडान गर्ने कामलाई निरन्तता दिने निर्णय भएको जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend