काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिन राख्ने प्रस्ताव र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।
प्रतिनिधिसभा बैठकअघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैशाख २५ गते शनिवार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा बैठक बैशाख २७ गते आह्वान गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि प्रतिनिधिसभा अधिवेशन आह्वान गरिएको छ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । नेपाली कांग्रेसले नेकपा माअोवादी केन्द्र, जसपा लगायतसँग मिलेर नयाँ सरकार बनाउने परामर्श समेत गरिरहेको छ ।
यी राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बानेश्वरस्थित ल्होत्से हलमा राखेको जनाइएको छ । प्रतिनिधि सभामा कांग्रेसका ६१ सांसद रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।