काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी दिनदिनै बढिरहेका बेला नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली यसका लागि जिम्मेवार रहेका जनाएको छ ।
कांग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले आज बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले आमसभा, भेला, शिलान्यास र उद्घाटन गरेर कोरोना धेरै फैलाएको आरोप लगाए ।
‘अघिल्लो वर्ष २०७६ सालको पुस महिनामा नै सुरू भएको कोरोना महामारीले व्यापक रूपमा जनधनमा पुर्याएको क्षति र मुलुकको अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई सरकारले नजरअन्दाज गरेको, पार्टीको आन्तरिक द्वन्द्वलाई मात्र महत्त्व दिएर विभिन्न स्थानहरूमा आमसभा, भेला गर्ने, शिलान्यास र उद्घाटनको नाममा प्रधानमन्त्री आफैं भीड जम्मा गर्न उद्यत रहेका कारण पनि कोराना संक्रमण बढाउन सरकार आफैं जिम्मेवार रहेको देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘संक्रमण देखिएका व्यक्तिलाई स्थानीय तहको समन्वयमा आइसोलेसन केन्द्रमा राख्ने व्यवस्था गर्नका साथ सबै तहमा नेपाल बाहिरबाट आउने व्यक्तिहरूको अभिलेख अद्यावधिक राख्न, संक्रमितहरूको पहिचान र कन्ट्याक्ट ट्रेसिङ कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन सम्बन्धित सबै निकायलाई आग्रह गर्दछ ।’



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।