आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कम्युनिस्ट शासनमा निजी अस्पताल मोटाउँदै, जनता मर्दै !

कम्युनिस्ट शासनमा निजी अस्पताल मोटाउँदै, जनता मर्दै !

  • मिडिया डबली
  • बिहिवार, बैशाख २३ २०७८

  • 5.5K
    SHARES

  • कम्युनिस्ट शासनमा निजी अस्पताल मोटाउँदै, जनता मर्दै !
    सांकेतिक तस्बिर

    काठमाडौं – गम्भीर प्रकृतिका कोरोना भाइरस संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा बिरामीबाट चरम शुल्क असुल्न थालेका छन् ।

    बिरामीका आफन्तका अनुसार ‘नर्मल बेड’मा एकैदिन राखेको १५–२० हजार रुपैयाँसम्म लिने गरिएको छ ।

    देशमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा कम्युनिस्ट शासन रहेका बेला संक्रमितका आफन्त भने चर्को शुल्क तिर्न बाध्य रहेका छन् । काठमाडौं मेडिकल कलेजले प्रतिदिन १०–३० हजार रुपैयाँसम्म लिने गरेको छ ।

    कलेजद्वारा जारी सूचनामा ‘कोभिड क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, कोभिड क्याबिन डबल बेडको प्रतिदिन १० हजार, कोभिड क्याबिन डिलक्स प्रतिदिन २५ हजार र कोभिड क्याबिन सुपर डिलक्सको प्रतिदिन ३० हजार रुपैयाँ दररेट निर्धारण गरिएको’ जनाइएको छ ।

    ह्याम्स अस्पतालले ७ हजारदेखि ५० हजारसम्म लिएको पाइएको छ । अस्पतालद्वारा जारी कोभिड–१९ उपचार सम्बन्धी मञ्जुरीनामा अनुसार जनरल बेडको ७ हजार, आईसीयू बेडको २२ हजार, चार्ज आइसोलेसन/सुइट रुमको ५० हजार रुपैयाँ शुल्क पर्ने गरेको छ ।

    अन्य केही निजी अस्पतालले समेत सरकारले तोकेभन्दा दोब्बर शुल्क लिन थालेका छन् । सरकारी मापदण्ड अनुसार निजी अस्पतालले आइसोलेसन शुल्क दैनिक ३ हजार ५००, मध्यम जटिल केसका लागि दैनिक ७ हजारको ५० प्रतिशत जोडेर लिनसक्ने प्रावधान छ ।

    गम्भीर बिरामीको आईसीयूमा भेन्टिलेटर सहितको उपचारका लागि दैनिक १५ हजारको ५० प्रतिशत जोडेर लिनसक्ने व्यवस्था गरिएको छ । तर केही निजी अस्पतालले बेवास्ता गर्दै अत्यधिक शुल्क लिइरहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी अस्पतालले सरकारले तोकेको शय्या शुल्कभन्दा ५० प्रतिशत जोडेर मात्रै लिन मिल्ने प्रष्ट पारेका छन् । 

    स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित उपचारका लागि भन्दै तोकिएभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई कारवाही गर्ने जनाएको छ ।

    मन्त्रालय सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार अत्यधिक शुल्क लिएको पाइएमा कडा कारवाही गरिने भएको छ । अधिकारीले कुनै पनि अस्पतालले तोकिएभन्दा बढी शुल्क लिएको पाइएमा स्थानीय प्रशासन वा स्वास्थ्य मन्त्रालयमा खबर गर्न समेत आग्रह गरेका छन् ।

    महामारी संकटमा एकअर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समय अनावश्यक दुःख दिने, समस्या बढाउने कार्य नगर्न सरकाले आग्रह गरेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend