आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

कमिसन नपाएपछि ओलीका भित्रियाले १० लाख डोज खोप नेपाल आउन दिएनन्, सर्वत्र विरोध

कमिसन नपाएपछि ओलीका भित्रियाले १० लाख डोज खोप नेपाल आउन दिएनन्, सर्वत्र विरोध

  • मिडिया डबली
  • बुधवार, बैशाख २२ २०७८

  • 11.6K
    SHARES

  • कमिसन नपाएपछि ओलीका भित्रियाले १० लाख डोज खोप नेपाल आउन दिएनन्, सर्वत्र विरोध

    काठमाडौं - कमिसन नपाएपछि प्रधानमन्त्री केपी ओलीका भित्रियाले भारतबाट आउने १० लाख कोभिसिल्ड खोप रोक्न लगाएको विषयले अहिले व्यापक चर्चा पाएको छ । जसको चौतर्फी विरोध भएको छ ।

    बेलायतको अक्सफोर्ड विश्‍वविद्यालयले विकास गरेको अष्ट्राजेनिका खोपको व्यावसायिक उत्पादन भारतको पुणेस्थित सेरुम इन्स्टिच्यूट इण्डिया प्रालिले सुरु गरेपछि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दियो ।

    नेपालले सेरमसँग थप २० लाख डोज खोपको सम्झौता गरेको थियो । त्यसमा १० लाख डोज खोप आइसकेको थियो । १० लाख डोज खोप आउन बाँकी थियो ।

    तर, आफूले कमिसन पाउनुपर्ने भन्दै सेरुम इन्स्टिच्यूटका नेपाली कमिसन एजेण्ट सुरज वैद्य र विजय दुगडले खेलोफड्को गरेपछि रोकिएको बुझिएको छ ।

    त्यसपछि नै सेरुमले अचानक स्वास्थ्य मन्त्रालयलाई सम्झौता भइसकेको १० लाख डोज खोप दिन आनाकानी गर्दै स्थानीय एजेण्टमार्फत् प्रक्रिया अघि बढाउन आग्रह गर्दै पत्र पठाएको बुझिएको छ ।

    सेरुमले पत्र पठाइसकेपछि कमिसन एजेण्टको चालबाजी बुझेका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री केपी ओलीलाई ब्रिफ गरे । ‘हजुरहरूकै मान्छे हुन्, यस्तो चलखेल गरिरहेका छन् । के गर्ने हो ?’ जवाफमा प्रधानमन्त्रीले भने, ‘ए हो र ? तिनै पो रहेछन् ।’ वैद्य एमालेसँग निकट व्यवसायी हुन् ।

    प्रधानमन्त्री ओलीसँग उनको भित्री सम्बन्ध छ । सोही कारण ओलीले वैद्यलाई ‘भिजिट नेपाल २०२०’ को संयोजक बनाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend