काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्काे आलोचित कार्य गर्दै आइरहेका बेला प्रतिपक्षी दल नेपाली कांग्रेसले ओलीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
आज मंगलवार बसेको पार्टी पदाधिकारी बैठकले बैशाख २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्दै प्रस्ताव असफल पार्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।
कांग्रेसको बैठकले राष्ट्रपति भण्डारीले मंगलवार जारी अध्यादेशअनुरूप हुने संवैधानिक निकायको नियुक्तिको विरोध गर्ने निर्णय समेत गरेको छ । मंगलबार राष्ट्रपति भण्डारीबाट ७ अध्यादेश जारी भएका छन् ।
भदौ पहिलो हप्ता तोकिएको पार्टी महाधिवेशनको तयारीलाई समेत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता दिने निर्णय गरिएको सहमहामन्त्री महतले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।