काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनालाई पदमुक्त गर्यो ।
पदमुक्त गरिएका अमिक शेरचनले पदबाट बाहिरिँदा अत्यन्तै खुशी लागेको प्रतिक्रिया दिएका छन् । आज मंगलवार बिहान पत्रकार सम्मेलन गर्दै निवर्तमान प्रदेश प्रमुख शेरचनले आफूलाई पदमुक्त गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिएका छन् ।
उनले भने, ‘पदमुक्त भएकोमा अत्यन्तै खुसी छु । मुरीमुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई । अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा पनि धन्यवाद ।’
आफूले पदका लागि राजनीतिक नगरेको भन्दै उनले विभिन्न समयमा आएका लाभका पदहरू अस्वीकार गर्दै आएको दाबी समेत गरे ।
‘पद र सत्ताको लागि असंवैधानिक पद्धति र अपाच्य दृश्यहरू थोपार्न पद जोगाउने व्यक्ति म होइन,’ उनले भने ।
आफू पदमा आएपछि संवैधानिक मर्यादालाई पूर्णपालना गरेको र कुनै पनि पार्टी विशेषको प्रभाव र छायाँमा काम नगरेको उनले स्पष्ट गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।