काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बस्ने छ ।
देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठकमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थितिबारे छलफल हुने उनको भनाइ छ।
यदि ओलीले विश्वासको मत प्राप्त गर्न नसकेमा देश निर्वाचनतिर जाने भएमा के गर्ने भन्ने विषयमा पनि कांग्रेस नेताहरूले रणनीति बनाउने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।