आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

ओली सरकारका यी ७ मन्त्रीले पाए नयाँ जिम्मेवारी

ओली सरकारका यी ७ मन्त्रीले पाए नयाँ जिम्मेवारी

  • मिडिया डबली
  • आइतवार, बैशाख १९ २०७८

  • 5.1K
    SHARES

  • ओली सरकारका यी ७ मन्त्रीले पाए नयाँ जिम्मेवारी

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीले देश अस्तव्यस्त बनिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का ७ जना मन्त्रीलाई नयाँ जिम्मेवारी तोकेका छन् ।

    कोरोनाको महामारी रोकथाम, नियन्त्रणका लागि सातै प्रदेशमा समन्वय गर्न सरकारले ७ जना मन्त्रीलाई संयोजक तोकेको छ ।

    आईतबारको मन्त्रिपरिषद् बैठकले प्रदेशसँग समन्वय र संयोजन गरी महामारी विरुद्धको लडाइँमा आवश्यक पर्ने लजिस्टिक लगायतका सहयोगको लागि संघीय सरकारले ‘फोकल मन्त्री’ तोकेको जनाइएको छ ।

    बैठकले १ नम्बर प्रदेशको संयोजकमा भूमि व्यवस्था मन्त्री डा. शिवमाया तुम्बाहाम्फेलाई तोकेको छ । २ नम्बर प्रदेशको संयोजकमा शहरी विकास मन्त्री प्रभू साह तोकिएका जनाइएको छ ।

    बागमतीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, गण्डकीमा कृषिमन्त्री पदमा अर्याल, लुम्बिनीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कर्णालीमा वनमन्त्री प्रेम आले र सुदूरपश्चिमको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट ‘फोकल मन्त्री’ तोकिएका स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend