काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी कुर्सी जोगाउन नयाँ कदम चाल्ने तयारी गरेका छन् ।
ओलीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेको जानकारी मन्त्रिपरिषद् बैठकमा गराएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आईतबार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले विश्वासको मत लिनेबारे जानकारी दिएका हुन् ।
संसदको बजेट अधिवेशन बोलाएर सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि नै विश्वासको मत लिने जानकारी प्रधानमन्त्री ओलीले बैठकमा गराएका छन् ।
सरकारबाट बाहिरिएपनि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । यसअघि प्रधानमन्त्री ओलीले २०७४ फागुन २७ गते विश्वासको मत लिएर सरकार बनाएका थिए ।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने योजना बनाएको बालुवाटार स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।